जेष्ठ ०१ (निजगढ)
निजगढ नगरपालिका वडा नंं. १२ को गठबन्धन तर्फका नेपाली काँग्रेसका उम्मेदवार ज्ञान बहादुर गोले विजयी भएका छन् । गोलेले ८ सय ७१ मत प्राप्त गरि विजयी भएका हुन् । गोलेका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार युवक मोक्तानले ६ सय २२ मत प्राप्त गरेका छन् ।
गोलेले मोक्तानलाई २ सय ४९ मतको अन्तरले पराजित गर्दै गोले विजयी भएका हुन् ।
गठबन्धनका वडा अध्यक्ष र सदस्यहरु लगायत सबै विजयी भएका छन् । २०७४ को स्थानिय तहको निर्वाचनमा २ सय ६९ मतान्तरण सहित गोले विजयी भएका थिए ।
यसैगरि निजगढमा मतगणना गर्ने क्रममा जारी नै रहेको छ । अहिले सम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम नै रहेको छ । नगर प्रमुखका उम्मेदवार सुरेश कुमार खनालले २ हजार १ सय ६७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले १ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले १ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले १ हजार ८ सय ३५ मत प्राप्त गरेका छन् ।