निजगढ नगरमा १०० मतगणना गर्दा एमालेको अग्रता

                     
  नेपाल लेख   २०७९ बैशाख ३१, शनिबार १०:११

बैशाख ३१ (निजगढ)

बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । आज शनिवार बिहान १०ः३० बजेबाट निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । १ सय मत गणना गर्ने क्रममा नेकपा एमालेका मेयर पदमा उम्मेदवार सुरथ पुरीले ६७ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । त्यस्तै गठबन्धनबाट मेयर पदका उम्मेदवार सुरेश कुमार खनालले २५ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपमेयरमा नेकपा एमाले तर्फका उम्मेदवार सोममाया थिङ्ग (मुना) ले ६८ मत प्राप्त गर्नुका साथै गठबन्धन तर्फका उम्मेदवार रविराज दंगालले २३ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ६६ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले २० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?