बैशाख १४ (बारा)
नेकपा एकीकृत समाजवादी पार्टिको उम्मेदवारहरुले विभिन्न स्थानीय तहको प्रमुख उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन । नेकपा एकीकृत समाजवादिको बारा जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्माको अध्यक्षतामा केही दिन अगाडि बसेको सचिवालय बैठकबाट बाराको विभिन्न स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको थियो । स्थानीय तहको निर्वाचनको लागि नेकपा एकीकृत समाजवादीबाट महागढिमाइमा नगर प्रमुखको प्रत्यासी उम्मेदवार अमजद अलि अन्सारी र उपप्रमुखमा ममता साहलाई उम्मेदवार बनाएको छ ।
यसैगरी देवताल गाउँपालिकामा अध्यक्ष पदको लागि रामनिवास साह ,उपाध्यक्षमा दलित महिला सुनिता रामलाई उम्मेदवार बनाईएको जिल्ला सचिव बिक्रम ठस्कुरले बताए ।
त्यसैगरी बिश्रामपुर गाउँपालिकामा अध्यक्ष पदको प्रत्यासी मदन यादव र सुवर्ण गाउँपालिकामा अध्यक्ष पदको प्रत्यासि अरूण सिहले उम्मेदवारी दर्ता गराएका छन । एकीकृत समाजवादी पार्टी बाराले उम्मेदवारी दर्ता गराएको महागढिमाइमा अजमद अलि अन्सारी ,उपप्रमुख ममता साह ,वडा अध्यक्ष गणेश साहलाई पार्टी कार्यलयमा उनिहरुलाई हार्दिक बधाई एवं समान गरिएको थियो । सो अवसरमा एकीकृत समाजवादिको जिल्ला सचिव बिक्रम ठाकुर,कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष अरुण खनाल ,अनेरास्ववियु केन्द्रिय सदस्य इमरान आलम, युवा संघ नेपाल कलैया नगर कमिटी अध्यक्ष हरि ओम साह लगायतको सहभागिता रहेको थियो ।