देशभर बुधबारबाट लोडसेडिङ हुने, कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई

                     
  नेपाल लेख   २०७९ बैशाख १४, बुधबार १५:३७

बैशाख १४ (काठमाण्डौँ)
बुधबारबाट देशभरि औद्योगिक ग्राहकका लागि लोडसेडिङ हुने भएको छ । बिजुलीको माग आपूर्ति गर्न लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतले बिजुली बेच्न नसक्ने जानकारी दिएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । अहिले घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन । माग अनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०, १५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौँ । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौँ ।अब उद्योगहरूले हरेक दिन भोलिपल्ट कति समय बिजुली काटिन्छ भन्ने पूर्व जानकारी पाउने छन् ।
हरेक दिन बेलुका ६ बजेसम्ममा त्यस्तो जानकारी उपलब्ध गराइसक्ने प्राधिकरणले बताएको छ । अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ। भारतको बिहार राज्य र इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) मार्केटबाट समेत बिजुली पाउन छाडेपछि औद्योगिक ग्राहकको बिजुली काट्न लागिएको हो ।
भारतमा उत्पादन हुने कुल बिजुलीमध्ये ७० प्रतिशत बराबर कोइला र थर्मल प्लान्टबाट हुने गरेको छ। रुस–युक्रेन युद्धका कारण अहिले भारतमा कोइला र प्राकृतिक ग्यासको अभाव छ। जसकारण नेपालले त्यहाँबाट बिजुली नै पाउन छाडेको हो।
बिहारले केही दिन अघिसम्म दिउँसोको समयमा बिजुली दिइरहेको थियो । तर अहिले उसले दिन सक्दिनँ भन्यो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘आइइएक्सबाट पनि सय मेगावाट भन्दा कम मात्रै बिजुली पाउने अवस्था आयो।’ यसअघि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन हुँदै आउनेगरी आइइएक्स मार्केटमा करिब साढे ४ सय मेगावाट बिजुलीका लागि बोलकबोल गर्न पाइरहेको थियो ।
यसै हप्ता टनकपुर महेन्द्रनगर प्रसारणबाट थप ५० मेगावाट बिजुली आयातका लागि नेपालले स्वीकृति पाएको छ। यसरी आइइएक्स मार्केटबाट कुल ५ सय मेगावाट बराबर बिजुली नेपालले किन्न पाउने भएपनि भारतमै बिजुली अभावका कारण १ सय मेगावाट बराबर पनि पाउन सकेको छैन।
‘बिड गरेको सबै बिजुली आइइएक्सले दिन सकेको छैन। दामासायीका हिसाबले दिइरहेको छ,’ घिसिङले भने, ‘हामीले करिब ५ सय मेगावाट बिजुली किन्नका लागि बिड गरेपनि मुस्किलले १ सय मेगावाट पाइरहेका छौँ


लोकप्रिय छुटाउनुभयो कि ?