बैशाख १० (निजगढ)
गठबन्धन सरिक दलहरुबीच सिट भागबण्डा गर्न सकस बोहोर्दै आएको नेपाली कांग्रेश निजगढभित्र मेयर उपमेयर र वडा अध्यक्षका उम्मेदवार छनौट गर्ने क्रममा थप समस्यामा परेको छ ।
पार्टीमा दुई फरक समूहको तर्फबाट छुट्टाछुट्टै नाम मधेस प्रदेश समितिमा पुगेपछि भागबण्डामा पार्टीले पाएका उम्मेदवार छनौंट गर्न पनि कांग्रेशलाई सकस भएको छ ।
स्रोतका अनुसार गठबन्धनभित्र भएको सहमति अनुसार कांग्रेशको भागमा मेयर सहित ९ वटा वडा अध्यक्षहरु कांग्रेशको भागमा परेको छ । तर निजगढको लागि महेशी कँुवर, सुरेश कुमार खनाल र पेमासिद्ध लामा बीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेश सस्थापन पक्षले महेशी कुँवरलाई मेयरको उम्मेदवार बनाउन लबिङ्ग गरेको छ भने संस्थापन इतर पक्षबाट मेयर खनाल उम्मेदवारको आकांक्षी हुनुहुन्छ । कांग्रेशको निजगढ नगर समितिबाट सिफारिस भएर गएको नाम संस्थापन इतर समूहको बर्चश्व रहेको क्षेत्र नम्बर १ क प्रदेश समितिले हटाएर एकपक्षीय रुपमा नाम सिफारिस गरेपछि संस्थापन पक्षको बाहुल्यता रहेको क्षेत्र नम्बर १ क्षेत्रीय समितिले पनि अर्को पक्षको नाम हटाएर सिफारिस गरेको हो ।
यसैगरी वडा अध्यक्षमा पनि कांग्रेशको भागमा परेको वडाहरुबाट दुबै पक्षले छुट्टाछुट्टै नाम सिफारिस गरेर पठाएका छन ।
कांग्रेशमा मेयर र उपमेयरको उम्मेदवार बन्ने आकांक्षीको नाम प्रदेश समितिले टुङ्ग्याउने छ भने वडा अध्यक्षहरुको हकमा भने क्षेत्रीय समितिले नै अन्तिम निर्णय गर्ने छ । यी दुबै समितिमा संस्थापन पक्षको बर्चश्व रहेको र निजगढमा पनि साही पक्षका अकांक्षीहरुले टिकट पाउने आकलन गरिएको छ ।