एसईई वैशाख ९ गतेदेखि, जापानबाट १९ विद्यार्थी सहभागी हुने

                     
  नेपाल लेख   २०७९ बैशाख ४, आईतवार १५:३३

वैशाख ०४ काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सञ्चालन गर्दैछ । ९ वैशाखदेखि सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकिएका छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो ।
विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण गरेको बोर्डले यो वर्ष भने भौतिक रुपमा परीक्षा गर्न लागेको हो । परीक्षाको लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो ।
जिल्ला परीक्षा व्यवस्थापन समितिले एसईईका लागि केन्द्राध्यक्ष तोक्ने तथा प्रशिक्षण दिने काम गरिरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने ‘केन्द्राध्यक्ष तोक्ने, प्रशिक्षण दिने काम जिल्ला परीक्षा व्यवस्थापन समितिले गर्छ, गरिरहेको छ ।
एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?