बैशाख ०२ (बारा)
बाराको अमलेखगञ्जस्थित आधाभार जंगलमा स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन ।
सिमराबाट हेटौडातर्फ जादै गरेको बा.१९.च.४३७७ नम्बरको स्कर्पियो अनियन्त्रित हुँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ त्रिभुवन राजपथको आधाभारमा जंगलमा दुर्घटना हँुदा स्कर्पियो चालक जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ निवासी वर्ष २५ का लोकनाथ सेढाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा स्कारर्पियोमा सवार जीतपुरसिमरा वडा नम्बर ११ बस्ने वर्ष २२ की उषा सेढाई, वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ निवासी वर्ष ५३ की लालमुनी देबीको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार वयोधा अस्पताल वीरगन्जमा भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी जीतपुरसिमरा वडा नम्बर ११ बस्ने वर्ष २ का अभय सेढाई सोही ठाउँ बस्ने वर्ष ४ का अंशु सेढाई, जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने वर्ष १४ की आशा साह, जीतपुरसिमरा .उपमहानगरपालिका वडा नम्बर.११ बस्ने वर्ष ४० की इच्छा देवी मिजार सोही ठाँउ बस्ने वर्ष ४८ का जोगी मिजार, पर्सा बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २२ का प्रेम साह, पर्सा बिन्दवासिनी वडा नम्बर २ बस्ने वर्ष १२ का राजु गुप्ता, जीतपुरसिमरा वडा नम्बर ७ बस्ने वर्ष २५ की निर्मला देवी साह, सोही ठाउँ बस्ने वर्ष ९ का निखिल कुमार साह, सोही ठाउँ बस्ने निवेश कुमार साहलगायत १४जनाको बयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।