चितवनका महिला अधिकारकर्मीको सयुक्त प्रेस विज्ञप्ति

  नेपाल लेख   २०७८ असार २४, बिहीबार ०५:१४

असार २४ चितवन सरिता पौडेल

अधिकारकर्मीहरुको समुहले आज सुजिता भण्डारीको न्यायको माग गर्दै भरतपुरको चौविसकोठीमा प्लेकार्ड सहित प्रर्दशन समेत गरेको थियो ।
पछिल्ला घटनाक्रमका विषयमा आज जिल्लास्थित सामाजिक संघसंस्था तथा अधिकारकर्मीको समुहले चितवनका प्रहरी प्रमुख ओमप्रकाश अधिकारीसंग छलफल गरेका छन् । छलफलका क्रममा प्रहरी प्रमुख ओमप्रकाश अधिकारीले आपराधिक घटना रोक्न प्रहरी प्रशासन लागिरहेको बताउनुभयो । उहाँले घटनापछि गरिने हिंसात्मक आन्दोलनले अनुसन्धानलाई नै प्रभाव पारेको बताउनुभयो । “सुजिता प्रकरणमा अनुसन्धान जारी छ, उहाँले भन्नुभयो हिजोदेखि नै लाग्न पाएको भए अनुसन्धान धेरै माथि पुग्थ्यो तर हिजोको आन्दोलनले २४ घन्टा ढिला भयो ।” गैडाकोटको विना सापकोटाको खोजीमा पनि प्रहरीले मेहनत गरिरहेको र अनुसन्धान जारी रहेको उहाँको भनाई थियो । घटना भइसकेपछि वास्तविकता नबुझि गरिने प्रचारले मानिसहरु थप उत्तेजित भई आपराधिक मानसिकता बढेको प्रहरीको ठम्माई छ । “आज मात्रै सौराहामा महिलाको लाश भेटियो भनेर सामाजिक सञ्जालमा आएको छ, प्रहरीलाई थाहा छैन, यस्ता अनावश्यक कुराले समाज कता जादैंछ?”
सिसि क्यामरा विग्रदा अपराध बढ्यो
चितवनमा अपराध बढ्नुको अर्को कारण सीसीक्यामराले नहुनु पनि हो । जिल्लामा राखिएका झण्डै ७० वटा सिसि क्यामरामा अहिले २० वटाले पनि काम गर्ने अवस्था नभएको प्रहरीले जनाएको छ । “नारायणगढको सिसि क्यामरा अधिकाशं विग्रिएको अवस्थामा छ उहाँले भन्नुभयो आउटपुट मात्र खोजेर भएन इनपुटमा पनि ध्यान दिनुपर्यो । अनुसन्धान दुरुस्त र समयमै चाहने हो भने तुरुन्त सिसि क्यामराको मर्मत गर्नुपर्ने प्रहरीको भनाई छ । राप्तीको घटनामा पनि हाइवे छ सीसी क्यामरा छैन यसले गर्दा हाइवेमा हुने दुर्घटनाको अनुसन्धानमा समेत महिनौ लाग्ने गरेको प्रहरी प्रमुखको भनाई छ । हामी घाँस हाल्दैनौ दुध खोजिरहेका छौ प्रहरी प्रमुख अधिकारीको भनाई छ ।
सीसी क्यामरा मर्मतका लागि प्रहरीले भरतपुर महानगरमा लिखित रुपमा निवेदन पेश गरेको र मेयर समस्या समाधानमा सकरात्मक रहेको समेत उहाँले जानकारी दिनुभयो । महिलाअधिकारकर्मी मीना खरेलले सुरक्षा र विकास जोडिनुपर्ने बताउनुभयो । सुरक्षा एकातिर विकास अर्कोतिर हुदाँ अपराध बढिरहने भन्दै उहाँले सीसी क्यामरा मर्मतको विषयलाई गम्भिर रुपमा सोच्न स्थानीय तहको ध्यानाकर्षण गराउनुभयो ।
यसैबीच,
जिल्लास्थित सामाजिक संघसंस्थाहरुको तर्फबाट आज संयुक्त विज्ञप्ती जारी गर्दै चरणबद्ध रुपमा महिलामाथि आपराधिक घटनाहरु बढ्दै जानु र दोषीलाई कानुनी कठघरामा ल्याउन नसक्नु साथै सुरक्षा निकायले न्यायिक परिणाम निकाल्न नसक्दा आपराधिक क्रियाकलाप मौलाउंदै गइरहेको भन्दै गम्भिर ध्यानाकर्षण गराएका छन् । यौनजन्य हिंसा विरुद्धको साझा अभियानका संयोजक मीना खरेल र सहसंयोजक संगिता भट्टराई द्धारा हस्ताक्षरित विज्ञप्तीमा देशको विभिन्न भागमा महिलामाथि अनेक प्रकृतिका हत्या हिंसा र बलत्कारका घटनाहरु बढिरहेको भन्दै गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ बर्षीय युवती सुजिता भण्डारी नौ दिनसम्म बेपत्ता भई मृत अवस्थामा फेला पर्नु घटना रहस्यमय बनाएको छ साथै यस घटनाले गम्भिर आशंकाहरु जन्माएको छ विज्ञप्तीमा भनिएको छ । सुजिता स्वयम्ले आफु अपहरणमा परेको सुचना समयमै दिएपनि खोजी कार्य फितलो हुनु र अनुसन्धानले परिणाम हासिल गर्न नसक्नुले घटना थप रहस्यमय बन्दै गइरहेको छ ।
हामी सुजिता भण्डारी प्रकरणको यथाशीघ्र निष्पक्ष, स्वतन्त्र र सुक्ष्म अनुसन्धान मार्फत घटनामा संलग्न दोषीको पहिचान गरि जतिसक्दो छिटो सार्वजनिक गर्न र यस्ता घटनाहरु पुनः दोहोरिन नदिनका लागि कडा सुरक्षा व्यवस्था गर्न र दोषीलाई हदैसम्मको सजाय गरी पिडितलाई न्यायको अनुभुति दिलाउन ध्यानाकर्षण गराउंदछौ विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच, अधिकारकर्मीहरुले चितवनबाटै गैडाकोटकी २१ बर्षीय बिना सापकोटा हराइरहेको र आजसम्म पनि फेला पार्न नसकेकोले निजको अवस्था पत्ता लगाई जीवन रक्षाको लागि सुक्ष्म अनुसन्धान गर्न समेत जोडदार माग गरेका छन् ।

प्रतिक्रिया

लोकप्रिय छुटाउनुभयो कि ?