निजगढमा निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर आगामी शुक्रबार हुने

                     
  नेपाल लेख   २०८२ मंसिर १०, बुधबार २२:३६

निजगढ,निजगढ नगर समितिले ‘योगदान राष्ट्रको लागि’ अभियान अन्तर्गत मुटु रोगका बिरामीहरूका लागि निःशुल्क परीक्षण तथा उपचार शिविर सञ्चालन गर्न लागेको छ । यसअघि मंसिर ६ गते सञ्चालन हुने भनिएको शिविर कार्यक्रम समायोजनका कारण आगामी शुक्रबारका लागि सारिएको कार्यक्रम संयोजक रामहरी खरेलले जानकारी दिए । उनका अनुसार शिविर निजगढ–९ स्थित गौरीशंकर क्याम्पसको प्राङ्गणमा बिहान ७ बजेदेखि सञ्चालन हुनेछ । शिविरमा नेशनल मेडिकल कलेज, वीरगञ्जका वरिष्ठ मुटुरोग विशेषज्ञसहितको चिकित्सक टोलीले बिरामीहरूको निःशुल्क परीक्षण तथा उपचार प्रदान गर्नेछ ।

खरेलका अनुसार नगरले यस वर्षको तिहारमा देउसी–भैलो कार्यक्रम मार्फत संकलन गरेको रकम खर्चेर शिविर सञ्चालन गर्न लागेको हो । नगरका अनुसार मुटु रोगप्रति जनचेतना वृद्धि र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेका स्थानीयवासीहरूलाई सहयोग पु¥याउनु नै शिविरको मुख्य उद्देश्य हो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?