निजगढ नगरपालिकामा प्रशासकीय अधिकृत फेरबदल अर्याल जाँदै, गौतम आउँदै

                     
  नेपाल लेख   २०८२ कार्तिक २१, शुक्रबार २१:३८

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव राजेन्द्र बहादुर अर्यालको सरुवा भएको छ । करिव सात महिनाको अवधिमा अर्यालयको निजगढ नगरपालिकाबाट सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँलाई सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय अधिकृतका रूपमा सरुवा गरेको हो । उपसचिव अर्याल २०८२ वैशाख ८ गते निजगढ नगरपालिका कार्यालयमा हाजिर हुनुभएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्यालको स्थानमा उपसचिव सूर्य प्रसाद गौतमलाई निजगढमा खटाएको छ । गौतम यसअघि मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । गौतमको पाँचखाल नगरपालिका (काभ्रे) र हेटौडा उपमहानगरपालिका लगायतका स्थानीय तहमा समेत प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?