
निजगढ, बाराको निजगढमा करेन्ट लागेर एक जनाको मृत्युभएको छ । बारा जिल्ला निजगढ नगरपालिका–८, बकैया टोलका ३४ वर्षीय रवि सापकोटाको करेन्ट लागेर मृत्यु भएको छ ।
सापकोटा निजगढस्थित वडा नं.५ अन्तर्गतको प्रतिक्षा टोलमा सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागी घाइते भएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, निजगढबाट प्रहरी टोली खटिएको थियो ।
घाइते सापकोटालाई तत्काल निजगढस्थित सामुदायिक प्रसूति अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि वीरगञ्जस्थित बयोदा अस्पताल पठाइएको थियो । तर, उपचारकै क्रममा राति ८ः५१ बजे चिकित्सकले सापकोटालाई मृत घोषणा गरेका छन् ।
इलाका प्रहरी कार्यालय निजगढले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।