राष्ट्रपतिको सम्मान पाएका हिरा थापा मगरलाई नेविसंघ निजगढको बधाई

                     
  नेपाल लेख   २०८२ असार १७, मंगलवार २१:३७

निजगढ : राष्ट्रपति कार्यालयबाट कृषिमा योगदानस्वरूप सम्मानित हिरा थापा मगरलाई नेपाल विद्यार्थी संघ, निजगढले ऐतिहासिक उपलब्धिका रूपमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै निजगढका अगुवा किसान थापा मगरलाई राष्ट्रपतिको सम्मान प्राप्त हुनु निजगढवासीका लागि गर्वको विषय भएको उल्लेख गरेको छ। “आफ्नो माटोमा मेहनत, इमानदारी र निष्ठाका साथ कृषिको माध्यमबाट समाज परिवर्तनको उदाहरण प्रस्तुत गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ, “तपाईंले देखाउनुभएको समर्पण र लगनशीलता नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेको छ।”

थापा मगरले निजगढको कृषि क्षेत्रमा पु¥याएको योगदानप्रति संघले गहिरो सम्मान व्यक्त गर्दै आगामी दिनमा थप सफलता मिलोस् भन्ने शुभकामना समेत दिएको छ।

“नेपाल विद्यार्थी संघ, निजगढ सधैं तपाईंको योगदानलाई सम्झिरहनेछ,” संघले भनेको छ, “राष्ट्रपतिको सम्मान — किसानको शान। जय कृषि, जय नेपाल।”

थापा मगरलाई हालै राष्ट्रपति कार्यालयले ‘कृषिमा उत्कृष्ट योगदान’ शीर्षकमा राष्ट्रपतिको विशेष सम्मान प्रदान गरेको थियो। निजगढका किसानको पहिचान बनाएका थापा मगर स्थानीय स्तरमा आधुनिक कृषि अभ्यास, युवा प्रेरणा तथा समुदाय समृद्धिमा क्रियाशील रहँदै आएका छन्।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?