विवादबीच निजगढ नगर सभा बैठक स्थगित

                     
  नेपाल लेख   २०८२ असार ९, सोमबार २१:४४

निजगढ,निजगढ नगर कार्यपालिका कार्यालयले आज गर्ने भनिएको नगर सभा बैठक स्थगित गरेको छ । नगर प्रमुख सुरथ पुरीले सूचना जारी गरेर आज गर्ने भनिएको सोह्रौं अधिवेशनको बैठक स्थगित गरेर भोलिको लागि आह्वान गर्नुभएको छ । सूचनामा विशेष कारणवश निर्धारित सभा रोकिएको जनाइएको भएपनि सोको कारण भने उल्लेख गरिएको छैन । स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेटबारे छलफल गर्न बसेको कार्यपालिका बैठकमा वडाले प्राप्त गर्ने बजेट सिलिङ्ग र कार्यपालिका सदस्यहरुमार्फत खर्च हुदैआएको कार्यपालिका लक्षित कोषको बजेटमा सहमति हुननसकेपछि बैठक रोकिएको हो । बहुमत कार्यपालिका सदस्यहरुले वडा कार्यालय र कार्यापालिका सदस्यहरुले पाउने बजेटको सिलिङ्ग तोक्नुपर्ने माग राखेका थिए । सोही विषयमा छलफल गर्न हिजो र आज बिहान पनि भएको बैठकमा सहमति हुन नसकेपछि आजको लागि बोलाइएको नगर अधिवेशन स्थगित गरिएको हो । नगर कार्यपालिका कार्यालय निजगढको गत असार ३ गतेको सूचनाअनुसार आज दिउसो २ बजेको लागि नगर सभा बैठक बोलाएको थियो ।सूचनामा नगर सभाको अर्को बैठक भोलि दिउँसो २ः०० बजे नगर कार्यपालिकाको कार्यालयको सभाहलमा बस्ने जनाइएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?