
निजगढ, बारा – साङ्गीतिक प्रतिभाको उत्कृष्ट मञ्च ‘नेपाल आइडल’ मा चम्किएकी निजगढकी चेली पिटु गहतराजले अहिले हजारौं नेपालीको मन जित्दै उत्कृष्ट प्रतिस्पर्धीको रुपमा अगाडि बढिरहेकी छिन्। उनीलाई नेपाल आइडलको उपाधीसम्म पुर्याउन देश–विदेशमा रहेका नेपालीहरूले एकजुट भई अत्यधिक भोट गर्न आह्वान गरेका छन्।
निजगढ नगरपालिका–८ निवासी पिटु गहतराज बाल्यकालदेखि नै साङ्गीतिक यात्रामा अग्रसर रहँदै आएकी थिइन्। उनका सुमधुर आवाज, आत्मविश्वासी प्रस्तुति र मेहनतले उनलाई नेपाल आइडलको उत्कृष्ट स्थानसम्म ल्याएको हो।
हाल ‘नेपाल आइडल’ प्रतिस्पर्धा निर्णायक चरणमा पुगेको छ र भोटको माध्यमबाट विजेता तय गरिने भएको हुँदा पिटुलाई जिताउन हरेक मत महत्वपूर्ण बनेको छ।
देश–विदेशमा आवाज उठ्दै :-
नेपालभरका दर्शकहरू मात्र होइन, विदेशमा रोजगारी र अध्ययनरत नेपालीहरू पनि पिटुलाई जिताउन उत्साहित बनेका छन्। निजगढवासि लगायत खाडी मुलुक, युरोप, अमेरिका, अष्ट्रेलिया, कोरिया, जापानलगायत देशहरूमा रहेका नेपाली समुदायबाट सामाजिक सञ्जालमार्फत भोट गर्न व्यापक अपिल भइरहेको छ।
निजगढको गौरव, देशको शान :-
पिटुको सफलता निजगढको मात्र नभई समग्र नेपालकै गौरवको विषय हो। स्थानीय तहदेखि युवाहरू, संघ–संस्था र शुभचिन्तकहरूले “हाम्रो चेली, हाम्रो पहिचान – पिटु गहतराज” भन्ने नारासहित भोट अभियान संचालन गरिरहेका छन्।
कसरी भोट दिने ?
नेपाल आइडलको अफिसियल एप “Nepal Idol” डाउनलोड गरी पिटु गहतराजको नाममा भोट गर्न सकिन्छ। एकै व्यक्तिले दिन सक्ने अधिकतम भोटले नै नतिजा प्रभावित हुने भएकाले समयमै, निरन्तर भोट गर्न अनुरोध गरिएको छ।
सन्देश :-
"निजगढकी छोरीलाई जिताएर सिङ्गो देशको शिर उच्च बनाऔं। तपाईंको एउटा भोट पिटुको सपना साकार बनाउने माध्यम बन्न सक्छ। आउनुहोस्, गर्वका साथ भोट गरौं।"