लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम रामथलिमा सम्पन्न

                     
  नेपाल लेख   २०८२ असार ७, शनिबार ११:४६

निजगढ,निजगढ नगरपालिका वडा नं. १२ को आयोजना तथा च्याप्टर नेपाल संस्थाको सहकार्यमा एक दिने लागुऔषध दुर्व्यसन सचेतनामूलक कार्यक्रम शनिवार रामथलि अबस्थित मन्जु श्री आधारभुत बिधालयको भवनमा सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा वडाध्यक्ष श्री ज्ञान बहादुर गोले, वडा सदस्यहरू चन्द्रमान तामाङ, शम्भु थोकर, महिला वडा सदस्य शुकुमाया जिम्बा, दलित महिला सदस्य बुद्धिमाया विक, वडा सचिव अरुण कुमार बस्नेत, च्याप्टर नेपालका महासचिव सुदीप तिमल्सिना, स्थानीय समाजसेवी युवा मोक्तान तथा पूर्व वडा सदस्य टेकबहादुर स्यान्तान लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा ईलाका प्रहरि कार्यालयका प्रमुख जीवन लामिछाने र रतनपुरी स्वास्थ्य चौकीका प्रमुख दिनेश परियारले सहभागीहरूलाई लागुऔषधको दुष्प्रभाव, रोकथामका उपाय र सचेतनाको महत्वबारे प्रशिक्षण दिनुभएकाे महासचिव सुदिप तिमल्सिनाले नेपाललेख डटकमलाई जानकारी दिनुभयो

कार्यक्रमको संचालन च्याप्टर नेपालका सदस्य योगेश न्यौपानेले गरेका थिए भने, कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वडा सचिव अरुण कुमार बस्नेतले सम्हालेका थिए। स्थानीय क्लबका प्रतिनिधि, अभिभावक तथा युवाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?