निजगढमा विद्यार्थी लक्षित लागू औषध सचेतना कार्यक्रम सम्पन्न

                     
  नेपाल लेख   २०८२ असार ७, शनिबार २१:३०

निजगढ,निजगढ नगरपालिका कार्यपालिका लक्षित कोष अन्तर्गत मेची–माहाकाली बुहारी संयुक्त आवाज बाराको आयोजनामा लागू औषध सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिवार निजगढ ७ अवस्थित नेत्रोदय माध्यमिक बिद्यालयमा सम्पन्न भएको थियो ।

नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित उक्त कार्यक्रम नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमका लागि बजेट नगर कार्यपालिका सदस्य मनमाया तामाङद्वारा विनियोजन गरिएको थियो ।

उक्त कार्यक्रममा वडा नं.८ का वडाध्यक्ष स्वर्ण लामा, ७ का वडाध्यक्ष टेक बहादुर लामा कार्यपालिका सदस्यहरु मिना चौरेल, शर्मिला वि.क. र मनमाया तामाङ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा लागू औषधसम्बन्धी जानकारी र प्रशिक्षण ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रशिक्षक सह–निरीक्षक खड्ग बहादुर खड्काले दिनुभएको थियो । प्रशिक्षक खड्काले युवावर्गमा लागू औषध दुव्र्यसनको बढ्दो जोखिम, त्यसको कानुनी, सामाजिक र स्वास्थ्यीय असरबारे गम्भीर जानकारी प्रस्तुत गर्नुका साथै विद्यार्थीहरूलाई नशामुक्त जीवनशैलीतर्फ अभिप्रेरित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न बिद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक लगायत स्थानीय सरोकारवाला निकायको समेत सक्रिय उपस्थिति रहेको थियो । आयोजक संस्थाले युवाहरूलाई गलत बाटोमा जानबाट जोगाउन यस्ता सचेतनामूलक कार्यक्रमलाई अझ सशक्त ढंगले विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ भने भोलीको कार्यक्रमको प्रशिक्षक ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक जीवन लामिछाने दिने क्लबका सचिव उषा लामा मोक्तानले नेपाललेख डटकमलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?