निजगढ नगरपालिका वडा नं.८ द्वारा अचार बनाउने तालिम सञ्चालन हुने

                     
  नेपाल लेख   २०८२ जेष्ठ २४, शनिबार २१:३५

निजगढ, बारा  : निजगढ नगरपालिका वडा नं.८ ले बेरोजगार महिला, दिव्यांग, पिछडिएको वर्ग, दलित, जनजाति लगायत लक्षित समुदायका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत वडास्तरीय सिप विकास कार्यक्रमअनुसार ईच्छुक सहभागीहरूका लागि तीन दिने अचार बनाउने तालिमको आयोजना गरिएको वडाध्यक्ष स्वर्ण लामाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । तालिममा सहभागी हुन ईच्छुक व्यक्तिहरूले तीन दिन अर्थात् जेष्ठ २५ गतेभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा आवेदन दिन आग्रह गरिएको छ ।

तालिमबाट महिलाहरू तथा लक्षित वर्गका व्यक्तिहरूलाई घरमै बसेर स्वरोजगार हुने अवसर प्राप्त हुने विश्वास गरिएको छ । यो कार्यक्रमले समुदायमा सिप विकास तथा रोजगारीको अवसर विस्तार गर्ने वडाध्यक्ष लामाले उल्लेख गरेका छन् ।

वडा कार्यालयले निवेदन र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित आवेदन दिन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?