निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ माश्री सप्तरेखी महिला पशुपालन सहकारी संस्था, निजगढको आयोजनामा एकदिने नि ः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री शिक्षाशक्ति आधारभूत विद्यालय, निजगड–१ मा शिविर संचालन भएको हो । शिविरको सभाध्यक्ष संस्थाकी अध्यक्ष सावित्रीदेवी भारती रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा नं. १ का वडा अध्यक्ष मङ्गल लोपचन रहनुभएको थियो । साथै विशिष्ट अतिथि सिटी हस्पिटलका प्रमुख सञ्जीव यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव लोप्चन, विद्यालयकी प्रधानाध्यापक धनकुमारी सिग्देल, कार्यपालिका सदस्य फुलमाया लामा, निजगड आँखा अस्पतालका सञ्चालक दिलीप कुमार यादव तथा डेन्टिस्ट डा.दिनेश पटेलको सक्रिय सहभागिता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा समाजसेवी तथा संस्थाका उपाध्यक्ष महेशी कुँवर,सदस्य खड्गप्रसाद उप्रेती, समाजसेवी नवराज तिमल्सिनाको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष वासुदेव तिमल्सिनाले गर्नुभएको थियो । शिविरमा सहभागीहरूले ओपिटी जाँच, आँखाको जाँच र दाँतको जाँच गराउन पाएका थिए। साथै विभिन्न आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको थियो । विद्यार्थीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले विद्यालयका बालबालिकाहरूलाई ब्रस, साबुन तथा टुथपेस्ट वितरण गरिएको आयोजकले जनाएको छ । शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागिहरूले यस्तो प्रकारका कार्यक्रमहरूले सामुदायिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

















