राष्ट्रिय युवासंघ निजगढको आयोजनामा सिंगौलमा स्वास्थ्य शिविर संचालन गरिदै

                     
  नेपाल लेख   २०८१ माघ १५, मंगलवार १०:१०

निजगढ,राष्ट्रिय युवासंघ नेपालको आयोजनामा निजगढको सिंगौलमा बृहत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

युवा संघले भोली माघ १६ गते बुधवारका दिन निजगढ– ३ स्थित सिंगौलमा शिविर संचालन गर्न लागेको हो । शिविर ३ नम्बर वडा कार्यालयसँगै रहेको लालिगुराँस आधारभूत विद्यालयमा संचालन हुने युवासंघ निजगढ कमिटीका अध्यक्ष घनश्याम तिमल्सिनाले बताउनुभयो ।

निजगढ सिटी हस्पिटलको प्राविधिक सहयोगमा संचालन हुने शिविरमा १० जना चिकित्सकहरुद्धारा नाक, कान घाँटी, नसा तथा हाडजोर्नी, स्त्री तथा यौन रोग, सुगर, प्रेसर, थाईरोईड, दाँत तथा गिँजाका साथै भिडियो एक्स–रे र आँखा सम्बन्धी समस्याको पनि परामर्श दिइने अंकित खड्काले जानकारी दिनुभयो । अध्यक्ष तिमल्सिनाले शिविरमा सहभागी बनेर स्वास्थ्य परीक्षण गराउन सर्वसाधारणलाई आमन्त्रण गर्नुभएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?