प्रेस चौतारी नेपाल बाराको छैठौं जिल्ला अधिवेशले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

                     
  नेपाल लेख   २०८१ फाल्गुन ३, शनिबार २१:३५

निजगढ,प्रेस चौतारी नेपाल बाराको आज निजगढको शहीद हिरालाल पार्कमा सम्पन्न छैठौं जिल्ला अधिवेशनले थानेश्वर सापकोटाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष जिउत प्रसाद यादव, उपाध्यक्ष (महिला) निलिसा बर्मा, सचिव श्याम गुप्ता, सहसचिव धिरेन्द्र तिवारी, सहसचिव (समावेशी) बुधन चौधरी, कोषाध्यक्ष प्रलाद तिमिल्सिना सर्वसम्मत चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा रेडियो निजगढका विपिन अधिकारी, विशाल तिमल्सिना र तुलसा घिमिरे,मनोज उपाध्याय, मनोज साह, भवानी सुवेदी, प्रवेश चौधरी, रोशन गुप्ता, अनिलप्रित चौधरी, अजित कोइराला, सुशीला रेग्मी, भोला पौडेल, इन्दिरा चौधरी, आदित्य मिश्र चयन हुनुभएको छ ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा गोकुल घोरसाइने, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, सहसचिव इन्दीप कोइराला र निलिसा बर्मा चयन हुनुभएको छ ।

त्यस्तै मधेस प्रदेश प्रतिनिधिमा दिवाकर भण्डारी, राधेश्याम पटेल, शम्भु प्रसाद महतो र तुलसा घिमिरे चुनिनुभएको छ । यसअघि कार्यक्रमको खुल्ला सत्रमा बोल्दै नेकपा एमाले पोलिटव्युरो सदस्य एवंम संविधान सभा सदस्य पुरुषोत्तम पौडेलले पत्रकारहरु राज्यको चौथो अंग भएकोले सरकारले गरेका गलत काममा खबरदारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ज्वाला साह, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, बारा जिल्ला कमिटी अध्यक्ष अध्यानन्द पाण्डे, मधेस प्रदेश कमिटी सदस्य एवंम प्रदेश सभा सदस्य देवनारायण चौधरी, प्रेस चौतारी केन्द्रीय सचिव कमल उपाध्याय, बारा जिल्ला इन्चार्ज अच्युत पौडेल, नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति अध्यक्ष श्याम बन्जारा, कोषाध्यक्ष अनिल गौरब लगायतले बोल्नुभएको थियो । चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सहसचिव इन्दिप कोइरालाले गर्नुभएको थियो ।

यसैबीच रेडियो निजगढका प्रबन्धक एवंम बाराका पुराना पत्रकार गोकुल घोरसाइनेलाई विरेन्द्र साह स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ । अधिवेशनको अवसरमा घोरसाइनेलाई ५ हजार नगद सहित कदर पत्रले सम्मान गरिएको हो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?