
निजगढ,बाराको निजगढ ८ स्थित श्री गौरीशंकर माध्यमिक बिद्यालयको ५१औं जन्मोत्सव तथा अभिभावक दिवस पनि बिहीवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलाको सभाध्यक्षता सम्पन्न कार्यक्रममा मधेस प्रदेश सभाकी सदस्य मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन पेश गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रवि कुमार बर्तौलाले नमूना विद्यालय कार्यक्रम अन्तर्गत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउदै, बिद्यालयले आर्थिक बर्ष भित्रमा गरेका प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) का निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नेपाल एकिकृत समाजवादी पार्टी निजगढका अध्यक्ष, भिमप्रसाद सापकोटा, जनमत पार्टी निजगढका अध्यक्ष मोजहर मन्सुर, विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष टेकबहादुर लामा, पुर्व प्रधानाध्यापक सुदर्शनप्रसाद कोइराला र गौरीशंकर क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा एसईई परीक्षामा ए प्लस सहित उत्कृष्ट नतिजा हासिल गर्ने र राष्ट्रपती रनिङ्ग शिल्डमा पदक जित्न खेलाडी विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो, भने कार्यक्रम संचालन बिद्यालय ब्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटा र शिक्षक खड्ग बहादुर श्रेष्ठले गर्नुभएको थियो ।