२२ जना विद्यार्थीबाट विद्यासागर बोर्डिङ सुरु भएको हो : संस्थापक पाख्रिन

                     
  नेपाल लेख   २०८० फाल्गुन २, बुधबार २०:१५

निजगढ,बाराको निजगढ नगरपालिका वडा नं.७ स्थित विद्यासागर इङ्गलिस बोर्डिङ स्कूलका संस्थापक तथा पुर्व प्रिन्सिपल समीर पाख्रिनले निजगढको शिक्षा क्षेत्रमा सुधार गर्न २०४७ सालमा २२ जना विद्यार्थी भर्ना गरेर विद्यालय सुरु गरेको बताएका छन् ।

बुधवार सम्पन्न भएको बिद्यालयको ३४ औँ वार्षिकोत्सव तथा माता सरस्वती पूजाको अवसरमा प्रमुख अतिथिको आशनबाट बोल्दै समीर पाख्रिनले आर्थिक र भौतिक रुपले विपन्न तत्कालीन अवस्थालाई चिर्दै स्कुलले सोह्र वसन्त पार गरेपछि विद्यालयले नयाँ व्यवस्थापनमा प्रबेश गरेको बताएका छन् ।

बिद्यालयको विगतलाई स्मरण गर्दै पाख्रिन निकै भावुक भई आफुले स्थापना गरेको विद्यासागर ३४ वर्षपुरा गरेको अवसरमा आफुनै यस विघालयमा प्रमुख अतिथि रुपमा आउन पाएकोमा स्कुल संचालक प्रति आभार ब्यक्त गरे ।

उहाँले विद्यालयलाई आजको यो अवस्थामा पुर्याउन विगतदेखि हालसम्म महत्वपूर्ण योगदान गर्ने शिक्षक तथा अभिभावकलाई धन्यबाद समेत व्यक्त गरेको थिए ।

कार्यक्रममा निजगढ नगरपालिकाका शिक्षा तथा युवा शाखा प्रमुख उत्तम लामिछाने, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर लामा लगायतले बिद्यालयकोे सफलताको निम्ती शुुभकामना दिएका थिए ।

उक्त अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक समीर पाख्रिन, विद्यालयका स्थापक शिक्षिका ज्योति थापा, पुर्व शिक्षक लगायतलाई सम्मान गरिएको थियो ।

विद्यालय संचालक समितिका अध्यक्ष भोला प्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका संचालक सदस्य सन्त बहादुर लामाले विद्यालयको शैक्षिक अवस्था, भौतिक संरचनाको अवस्थाको बारेको विवरण उल्लेख भएको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन शिक्षक कैलाश धितालले गर्नुभएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?