निजगढ,बाराको निजगढ वडा नम्बर ५ स्थित जन जागृती आधारभुत बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा भोला प्रसाद ढुंगाना सर्वसम्मत रुपमा मनोनित हुनुभएको छ ।
विद्यालयमा बिहीवार भएको अभिभावक भेलाले ढुंगानाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो । अध्यक्ष ढुंगानाकोे अध्यक्षतामा भएको भेलाले सर्वसम्मत गठन गरेको समितिहरुमा महिला सदस्य कविता थापा, अप्सरा अर्याल, शर्मिला वाईवा र पुरुष सदस्यहरुमा मनोज कुमार सापकोटा र कमल थापा तथा पदेन सदस्यमा वडा अध्यक्ष सुर्य बहादुर थापा मगर रहेका छन् भने विद्यालयका व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रधानाध्यापक शिव प्रसाद नेपाल र शिक्षक प्रतिनिधि सन्जय तिमल्सिना रहेको बिद्यालयका सहायक प्रधानाध्यापक सन्जय तिमल्सिनाले बताउनुभयो ।
यसअघि अभिभावक भेलाको उदघाटन सत्रमा प्रमुख अतिथिको आशनबाट वोल्दै निजगढ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुर्य बहादुर थापा मगरले विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले विशेष चासो दिनुपर्ने बताएका थिए । वडा नम्बर ५ मा रहेका शैक्षिक संस्थालाई थप गुणस्तरीय तथा व्यवस्थित बनाउनको लागि वडा कार्यालय लागि रहेको थापा मगरको भनाई रहेको छ ।
भेलामा जनकल्याण आधारभुत बिद्यालयका पूर्व प्र.अ.लिलानाथ बंजरा, कार्यापालिका सदस्य वि.क., पूर्व कार्यपालिका सदस्य लक्ष्मी गौतम,वडा सदस्य आशा चौलागाई, अभिभावक शिक्षक संघका अध्यक्ष नारायण प्रसाद ढंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । भेलाको समापन गर्दै अध्यक्ष ढुंगानाले विद्यालयको विकासका लागि समर्पित हुने प्रतिवद्धता जनाउदै ढुंगानाले व्यवस्थापनको जिम्मेवारी लिएपछि शिक्षाको गुणस्तर वृद्धिसंगै अभिभावकहरुको आकर्षण पनि बढेको अभिभावकले बताएका छन् । कार्यक्रम संचालन बिद्यालयका सहायक प्रधानाध्यापक संजय तिमल्सिनाले संचालन गर्नुभएको थियो ।