गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई निजगढ १२ को वडा कार्यालयद्धारा पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

                     
  नेपाल लेख   २०८० माघ ९, मंगलवार २०:३२

निजगढ –बाराको निजगढ नगरपालिका वडा नं १२ का गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई वडा कार्यालयद्वारा मंगलार पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

आफ्ना वडामा बसोबास गर्ने गरिबी तथा जेहेन्दार बिद्यार्थीहरुको पहिचान गरि गरिबिको रेखामुनी रहेका ३ सामुदायिक विद्यालयहरु श्री नेपाल राष्ट्रिय आ.वि.,बुङ्ग्जोर,श्री मन्जुश्री आ.वि.,रामथली र श्री सरस्वती आ.वि.कोलगाउँ मा अध्यायन गर्ने ३० जना बिद्यार्थीहरुको छनौट गरि शैक्षिक सामाग्री अन्तर्गत ब्याग, कपि पेन, सिसाकलम, कलर र औजार बक्स लगायत सामाग्रीहरु वितरण गरिएको थियो ।

यस वडा कार्यालयले केहीदिन अघि अध्याधिक बढ्दो चिसो मौषसलाई मध्यनजर गरि ६० थान ब्ल्यान्केट–सिरक गरिव तथा विपन्न परिवारका व्यक्तिहरूलाई वितरण गरेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष ज्ञान बहादुर गोले,वडा सदस्यहरु सुकुमाया मोक्तान,चन्द्रमान तामाङ र बुद्दिमाया वि.क.लगायत प्रधानाध्यापक सियाराम कुमर,बुना राउत र जोग बहादुर गोले, लगायतको रोवरमा पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो भने, कार्यक्रम संचालन वडाका सचिव अरून कुमार वस्नेतले गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?