गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा आज सभामुख देवराज घिमिरे आउदै

                     
  नेपाल लेख   २०८० माघ १०, बुधबार ११:१२

निजगढ,मधेस प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको निजगढ नगरपालिका– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा आज बुधवार प्रतिनिधि सभाका सभामुख घिमिरेको प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सवको उद्धाटन गर्ने बताइएको छ । विद्यालयले स्थापनाको ५० वर्ष पुगेको अवसरमा भव्य समारोहबीच स्वर्ण महोत्सवको आयोजना गर्न लागेको हो । सभामुख घिमिरेको स्वागतमा शहीदचोकदेखि विद्यालयसम्म तीन वटा स्वागतद्धार निर्माण गरिएका छन । महोत्सवमा राज्यको महत्वपूर्ण ओहोदामा पुग्न सफल विद्यालयका पूर्वविद्यार्थी, समाज र विद्यालयलाई योगदान गर्ने महानुभावसहित करिव २ सय जनालाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाले बताउनुभयो ।

वि.स.२०३१ सालमा स्थापना भएको सो विद्यालयले साताव्यापी कार्र्यक्रमको आयोजना गरेर स्वर्ण महोत्सव मनाउदै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्दैआएका कारण विद्यालयमा हाल निजगढसहित बारा र रौतहट जिल्लाका विभिन्न पालिकाका करिव २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?