
निजगढ– बाराको निजगढ नगरपालिका वडा नं १२ ले ब्ल्यान्केट–सिरक वितरण कार्यक्रम को आयोजना गरेको छ ।
आफ्ना वडाका बसोबास गर्ने अपांग तथा जेष्ठ नागरिकहरुलाई अध्याधिक बढ्दो चिसो र शितलहरलाई मध्यनजर गर्दै यो कठयाङ्गृदो मौषसमा न्यानोपनको आभास गराउन, हेतुले चिसोबाट बच्न ८० बर्षभन्दा माथि उमेर पुगेका ६० जना गरिव तथा विपन्न परिवारका व्यक्तिहरूलाई न्यानो सिरक वितरण गरिएको थियो ।
कार्यक्रममा स्थानीय समाजसेवी, वुद्दिजीवी, राजनीतिक दलका प्रतिनिधिहरू र वडा अध्यक्ष ज्ञान बहादुर गोले लगायत वडाका जनप्रतिनिधिहरूको रोवरमा सिरक वितरणको कार्यक्रम आयोजना गरिएको थियो भने, कार्यक्रम वडाका सचिव अरून कुमार वस्नेतले संचालन गर्नुभएको थियो ।