निजगढ - नेपाल कम्प्युनिष्ट पार्टी एमालेको वडा भेला कार्यक्रम बुधवार निजगढ नगरपालिका वडा नंं १ मा सम्पन्न भएको छ । कार्यक्रममा मुख्य अतिथिका रुपमा बारा क्षेत्र नम्बर १ (क) का प्रदेश सभाका उम्मेदवार त्रिलोकी प्रसाद चौधरी रहेका थिए ।
उक्त वडा भेला कार्यक्रममा एमाले पार्टीका नेता जयराम कुँवर, मिन लामा लगायतले आफ्नो मन्तब्य राखेका थिए ।
देशमा एमाले वाहेक अरुको विकल्प नरहेको दावी गरेका थिए । उनीहरुले गठनबन्धन सरकारबाट देशले निकास नपाउने बताउदै आगामी चुनावमा एमालेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन समेत आग्रह गरेका थिए । कार्यक्रममा सिँगौलका वासिन्दाले यस क्षेत्रका उम्मेदवार त्रिलोकी प्रसाद चौधरीको जित पक्का रहेको भन्दै दाबी गरेका थिए ।