(निजगढ) बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (क) मा एमाले कार्यकर्ताको भेला मंगलवार सम्पन्न भएको छ । भेला निजगढ नगरपालिका वडा नंं ३ मा सम्पन्न गरिएको थियो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बारा क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार अच्चुत मैनाली र क्षेत्र नं.१ (क) प्रदेशका उम्मेदवार त्रिलोकी चौधरी, प्रतिनिधिसभा समानुपातिक तर्फका अन्जु नेपाली लगायत उम्मेदवारहरुलाई जिताऔँ अभियानमा जनवर्गिय संगठन र पार्टी कार्यकर्ताहरु लगायतको उपस्थिती रहेको थियो ।
भेलाबाट निर्वाचन प्रचारप्रसार समितीमा १५१ समिति गठन गरियो । भोली बुधवार वडा नं. १२ मा कार्यकर्ता भेला हुने राष्ट्रिय युवा संघका सदस्य इराज कोइरालाले जानकारी दिनुभयो ।