निजगढ वडा नं.१ को आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

                     
  नेपाल लेख   २०८२ जेष्ठ ३१, शनिबार २१:२९

निजगढ,निजगढ नगरपालिका वडा नं.१ को आयोजनामा तथा निजगढ प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा कार्यालय परिसरमै आयोजित उक्त शिविरमा करिब ३०० जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका थिए । सामान्य स्वास्थ्य परीक्षणदेखि रक्तचाप, मधुमेह, औषधि वितरण लगायत सेवाहरू उपलब्ध गराइएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

शिविरमा वडा अध्यक्ष मंगले लोप्चन, वडा सदस्य कन्तलाल धामी, जुनेली माया विक, फुलमाया घलान, मञ्जु कुमार कछडिया तथा वडा सचिव सोम सिंह लामाको सक्रिय उपस्थिति रहेको थियो ।

कार्यक्रम सफल बनाउन युथ अफ निजगढ र साथी सहकार्य युवा क्लबका स्वयंसेवकहरूको उल्लेखनीय भूमिका देखिएको थियो । व्यवस्थापनदेखि बिरामी अभिलेख राख्ने सम्मको काममा उनीहरूको सक्रियता प्रशंसनीय रहेको सहभागीहरूले जनाएका छन् ।

स्वास्थ्यकर्मीहरूसँगै पशु प्राविधिक निर्मल कुमार यादव, कम्प्युटर अपरेटर पूजा पौडेल, स्वास्थ्य संस्था कर्मचारी शेरबहादुर कटुवाल, काली माया स्याङतान, र अन्य स्वास्थ्य स्वयमसेविकाहरूको पनि उल्लेखनीय सहभागिता देखिएको थियो ।

स्थानीय स्तरमै यस्ता स्वास्थ्य कार्यक्रमहरू आयोजना हुँदा नागरिकले सहज रूपमा सेवा पाउने हुँदा भविष्यमा पनि निरन्तरता दिनु पर्नेमा सहभागिहरूले जोड दिएका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?