निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा थारु नयाँ वर्ष २६५० र माघी पर्वको अवसरमा आगामी पौष ३० गते प्रथम निजगढ कछडिया माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रममा हुने भएको छ । “अपन समाज अपन पहिचान । “भाषा संस्कृति जोगावेके कछडिया जातीके आह्वान” भन्ने मूल नाराका साथ हुन लागेको सो महोत्सवमा गायक हरिश चौधरी, गायिका मौसम चौधरी, मोडल सगुन चौधरी, सशी चौधरी र डान्सरहरु आश्विन चौधरी, करिना चौधरी तथा थारु कलाकार वर्षा चौधरीले प्रस्तुती दिने अयोजक समितिका सन्तोष दनुवार कछडियाले जानकारी दिनुभयो । कछडिया माघी पर्व व्यवस्थापन समितिको आयोजना र कछडिया उत्थान समिति, निजगढको सहआयोजनामा सो कार्यक्रम हुन लागेको हो । महोत्सवमा सहभागी भएर कला संस्कृतिको संरक्षणमा सहयोग गर्न आयोजकले अनुरोध गरेको छ ।
















