निजगढ फुटबल क्लबका अध्यक्ष तथा भेट्रान्स खेलाडी शम्भु थापाको निधन

                     
  नेपाल लेख   २०८२ पुष २०, आईतवार १९:११

निजगढ,निजगढ फुटबल क्लब ९एनएफसी० का अध्यक्ष तथा भेट्रान्स खेलाडी शम्भु थापा मगरको निधन भएको छ ।निजगढ– ४ स्थित पुरानो निजगढको खेल मैदानमा भइरहेको स्कुल स्तरीय फुटबल प्रतियोगिताको निरीक्षण गर्ने क्रममा शनिवार उहाँ अचानक मैदानमै ढल्नुभएको थियो । दिउँसो करिब २ बजे मैदानमै बेहोस भएपछि उहाँलाई तत्काल निजगढ स्थित सिटी अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा रेफर गरिएकोमा उपचारका क्रममा चिकित्सकहरुले उहाँलाई मृत घोषणा गरेका थिए । बाल्यकालदेखि नै फुटबल खेलप्रति रुची राख्दै आउनु भएका थापा लामो समयसम्म निजगढको फूटबल टोलीको नेतृत्व गरेर जिल्ला र अञ्चल स्तरका प्रतियोगिताहरुमा सहभागी हुनुभएको थियो । थापाको निधनले निजगढको फुटबलमा अपुरणीय क्षेति पुगेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?