नेकपा (एमाले) निजगढ नगर कमिटीको चौथो बैठक सम्पन्न, मोटरसाइकल र्याली र कोणसभाको तयारी तीव्र

                     
  नेपाल लेख   २०८२ कार्तिक २३, आईतवार १७:२२

निजगढ, नेकपा (एमाले) निजगढ नगर कमिटीको चौथो बैठक आइतबार सम्पन्न भएको छ। निजगढ–७ स्थित सगरमाथा सहकारीको सभाहलमा सम्पन्न उक्त बैठक पार्टी अध्यक्ष तिलक घलानको अध्यक्षतामा भएको हो ।

बैठकमा माननीय त्रिलोकी प्रसाद चौधरी, अम्बिका चौलागाई, सुदर्शन प्रसाद कोइराला, लिलादेवी लामिछाने, दुर्गा कोइराला लगायत जिल्ला कमिटीका सदस्यहरूको सहभागिता रहेको थियो ।

असोज २९ देखि ३१ गतेसम्म भएको पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार प्रतिगामी संंयन्त्रविरुद्ध देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णयलाई साथ दिँदै, निजगढ नगर कमिटीले यही कात्तिक २५ गते बकैयादेखि भमरासम्म मोटरसाइकल र्याली र शहीद चोकमा कोणसभा गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष तिलक घलानका अनुसार सो दिनको कार्यक्रमलाई सफल पार्न सबै कमिटीका सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । साथै, बैठकले कात्तिक २९ गते जिल्ला कमिटीद्वारा आयोजना गरिने जनप्रदर्शन र मंसिर ६ गते काठमाडौंमा हुने शक्ति प्रदर्शन तथा वृहत जनप्रदर्शन कार्यक्रममा समेत सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।

पार्टीले जनपरिचालन अभियानलाई संगठन सुदृढीकरण र जनचेतना विस्तारको अवसरका रूपमा लिएको जनाएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?