कटहरियाका करार कर्मचारीको तालाबन्दी : वडा कार्यालय बन्द, सेवा प्रभावित

                     
  नेपाल लेख   २०८२ आश्विन २३, बिहीबार २१:५८

बारा,रौतहटको कटहरिया नगरपालिकाका वडा कार्यालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण वडाबाट प्रवाह हुने सबै सेवा बन्द रोकिएको छ । लामो समयदेखि बक्यौता तलब तथा सेवा सुविधा नपाएको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको वडा १ मा कार्यरत करारका कर्मचारी सहायक कम्प्युटर अपरेटर मुकेश कुशवाहाले बताउनुभयो । तलब भत्ताको लागि नगरपालिका कार्यालयलाइ मङ्गलबार ज्ञापन पत्र बुझाए पनि सुनुवाई नभएको भन्दै वडा १ देखि ९ का सवै वडा कार्यालयहरूमा तालाबन्दी गरिएको उहाँले जानकारी दिनुभयो ।वडा कार्यालय बन्द हुँदा सेवा प्रवाह प्रभावित भएको छ । कटहरिया वडा ८ का करारका कर्मचारी मुकुन्दनारायण यादवले सबै वडाका कर्मचारीहरूले सामूहिक रूपमा तालाबन्दी गर्दै कार्यालयको साँचो आ–आफ्नो जिम्मामा राखेको जानकारी दिनुभयो । नगरपालिकाले पटक–पटक आश्वासन मात्र दिँदै आएको तर कहिल्यै आफूहरूको माग सम्बोधन नभएकोले २०८२ भदौ महिना सम्मको बक्यौता तलब भत्ता भुक्तानी नहुन्जेल सम्म वडा कार्यालय पूर्णरूपमा बन्द रहने उहाँले बताउनुभयो ।कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले दसैँमा समेत वडा कार्यालयमा कार्यरत कर्मचारीलाई तलब भत्ता नखुवाएको गुनासो वडा ५ का वडा अध्यक्ष सर्फलाल प्रसादले पोख्नुभयो ।कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाशले तिहारअघि करार कर्मचारीको समस्या समाधान गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?