निजगढमा संगिता होटलबाट दुई महिला पक्राउ

                     
  नेपाल लेख   २०८२ भाद्र ४, बुधबार १०:२७

निजगढ,बाराको निजगढमा प्रहरीले मंगलबार साँझ शंकास्पद गतिविधि भइरहेको जानकारीका आधारमा होटलमा छापा मार्दा दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका अनुसार प्रहरी टोलीले निजगढ नगरपालिका–८ स्थित संगिता होटलमा प्रवेश गरी शंकास्पद अवस्थामा फेला परेका दुई महिलालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेका महिलाको नाम, ठेगाना लगायत व्यक्तिगत विवरण गोप्य राखेको छ। तर प्रारम्भिक रूपमा दुवै जना चितवन जिल्ला घर भएका रहेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले पक्राउको पुष्टि गर्दै भने, “पक्राउ परेका महिलाको स्वास्थ्य परीक्षण सामुदायिक अस्पताल प्रसूति गृह निजगढमा गराइएपछि हाल उनीहरूलाई इप्रकामा राखिएको छ। थप अनुसन्धानपछि मात्र विवरण सार्वजनिक गरिनेछ ।”

प्रहरीका अनुसार, संगिता होटलमार्फत यौन व्यवसाय सञ्चालन गरिएको आशंका गरिएको छ। छिमेकी होटल व्यवसायीले यसबारे गुनासो गरेपछि प्रहरी टोली घटनास्थल पुगेको र त्यहाँबाट महिलाहरूलाई नियन्त्रणमा लिइएको हो ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?