निजगढका चौलागाई बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

                     
  नेपाल लेख   २०८२ असार २९, आईतवार २१:३७

निजगढ, बारा : निजगढ प्रहरीले एक करोड ३२ लाख रुपैयाँ बिगो भएको बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले निजगढ नगरपालिका–७ स्थायी घर भई हाल वडा नम्बर १, सिंगौलमा बस्दै आएका भरत चौलागाईलाई आइतवार बिहान ८:३० बजे पक्राउ गरेको हो।

४३ वर्षीय चौलागाईलाई प्रहरीले इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा पक्राउ गरेको जनाएको छ। पक्राउपछि चौलागाईलाई आइतवार नै सिमरा विमानस्थल हुँदै प्लेनमार्फत काठमाडौं पठाइएको र काठमाडौं प्रहरी परिसरमा बुझाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट असार १८ गते बैकिङ्ग कसुरमा पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता चौलागाई लुकिछिपी बस्दै आएको अनुसन्धानमा खुलेको छ।

प्रहरीले उनलाई कानुनी कारवाहीका लागि काठमाडौं पठाएको जनाएको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?