कुटपिटबाट निजगढका युवकको हत्या, चार जना पक्राउ

                     
  नेपाल लेख   २०८२ असार ८, आईतवार २१:३५

काठमाडौं — बुढानिलकण्ठ नगरपालिका–५ टुसालमा कुटपिटबाट निजगढका एक युवकको मृत्यु भएको घटनामा संलग्न आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दुई जना निजगढकै हुन्।

बारा जिल्ला, निजगढ नगरपालिका–८ निवासी जितबहादुर तामाङका छोरा ३२ वर्षीय कृष्ण लामाको असार ६ गते राति कुटपिटबाट मृत्यु भएको हो। उनी साथी विकास लामालोको बहिनीको जन्मदिन मनाउन टुसालस्थित लामालोको डेरामा गएका थिए। त्यहीँ उनीमाथि कुटपिट भएको र गम्भीर घाइते अवस्थामै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि फरार रहेका चार जना अभियुक्तलाई शनिबार नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा मकवानपुर घर भई हाल टुसालमा बस्दै आएका ३२ वर्षीय विकास लामालो, निजगढ नगरपालिका–७ का २९ वर्षीय सुगन्ध लामा र १८ वर्षीय सौगात क्षेत्री, साथै मकवानपुरको बकैया गाउँपालिका–२ का २३ वर्षीय निसान जिम्बा रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनका अनुसार, ूकुटपिटबाट गम्भीर घाइते भएका कृष्णको घटनास्थलमै मृत्यु भएपछि अनुसन्धान अघि बढाइएको हो।ू

प्रहरीले अभियुक्तहरूलाई पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ। घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन। ूअनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिनेछ,ू प्रवक्ता बोहराले बताए।

 

 

 

 

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?