निजगढ नगरपालिकाले केरा खेतीको बिमा गर्ने किसानलाई स्प्रेयर ट्याङ्की वितरण गरिने

                     
  नेपाल लेख   २०८२ जेष्ठ १६, शुक्रबार २१:५३

निजगढ,निजगढ नगरपालिकाले केरा खेतीको बिमा गर्ने किसानलाई मात्र स्प्रेयर ट्याङ्की वितरण गरिने भएकोले बिमाको लागि ५ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरेको छ।निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाले आज जारी गर्नुभएको सूचनामा ५० प्रतिशत अनुदानमा बिमा गरेका किसानहरुलाई मात्र स्प्रेयर ट्याङ्की वितरण गरिने भएको ५ दिनभित्र आवश्यक कागजातसहित बिमाको लागि निवेदन दिन आग्रह गरिएको छ।

निजगढ नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ५ कठ्ठासम्म केरा खेती गर्ने किसानलाई एउटा र सोभन्दा माथिको क्षेत्रफलमा केरा खेति गर्ने किसानलाई २ वटाको दरले स्प्रेयर ट्याङ्ककी वितरण गर्न लागेको हो । सूचनामा सम्बन्धित कृषकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०८१/०८२ को बिमा लेख नम्बर र रसिदको प्रतिलिपिसहित निवेदन पेस गर्न भनेको हो । नगरपालिका कार्यालयले तोकिएको समयमा आवेदन नदिएमा सो सुविधा प्राप्त गर्न नसकिने पनि जनाइएको छ ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?