जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरणको लागि थप सेवा प्रवाह शुरु

                     
  नेपाल लेख   २०८२ जेष्ठ ६, मंगलवार २१:५२

बारा,जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरणको लागि मंगलवारदेखि थप सेवा प्रवाह शुरु गरेको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले आज एउटा प्रेस विज्ञप्तिमार्फत सेवा सहज तुल्याइएको जानकारी दिनुभएको हो । विज्ञप्तिमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन बिहान ७ः३० बजेदेखि साँझ ७ः०० सम्म कायम रहनेछ जनाइएको छ । त्यसैगरी राष्ट्रिय परियचपत्रको कार्ड वितरण सम्बन्धी सेवा प्रत्येक हप्ताको बिहीवार र शुक्रवार मात्र प्रवाह हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

विगत केही दिनदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्याधिक बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप सेवा प्रवाह गरिएको सहायक प्रजिअ भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?