
निजगढ,तातो चियाले पोलिएकी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ फत्तेपुर शान्ति टोलकी १६ महिने एक बालिकाको मृत्यु भएको छ । तातो चियाले पोलेर घाइते बनेकी स्थानीय जितेन्द्र साहकी छोरी १६ महिनाकी जुही साहको आज दिउसो ज्यान गएको प्रहरीले जनाएको छ । मृतक बालिकाका हजुरबुवा मिश्रीलाल साहका अनुसार पाँच दिनअघि गत शनीवार साथीहरुसँग आँगनमा खेल्ने क्रममा जुही आँगनको चुल्होमा पाक्दै गरेको तातो चियामा अकस्मात लडेकी थिइन् । चियाले पोलेर गम्भीर घाइते भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो । उनको दाहिने हात देब्रे खुट्टासहित शरीरको आधा भाग जलेको थियो ।घाइतेको स्वास्थ्यमा सुधार आउदै गरेको अवस्थामा आज अपराहन्न १२ बजे उनी एकाएक गम्भीर बनेपछि परिवारका सदस्यले तत्काल जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरासिथत नगर अस्पताल पु¥याएका थिए । तर अस्पतालका चिकित्सक प्रशान्त वर्णवालले उनको मृत्युको घोषणा गर्नुभएको थियो । ‘अस्पतालमा ल्याइपु¥याउनुअघि नै उनको मृत्यु भइसकेको थियो, चिकित्सक वर्णवालले भन्नुभयो, शारीर जलनका कारण बालिकाको ज्यान गएको हो ।’ समयमै उपचार गरिएको भए बालिकाको ज्यान जोगिन सक्ने उहाँले बताउनुभएको छ ।