गौरीशंकर क्याम्पस निजगढको स्ववियु निर्वाचनका पदाधिकारी तथा सदस्यहरुले लिए सपथ

                     
  नेपाल लेख   २०८१ चैत्र १९, मंगलवार २१:४१

निजगढ,बाराको निजगढ नगरपालिका–९ स्थित गौरीशंकर क्याम्पसमा हालै सम्पन्न स्वतन्त्र विद्यार्थीको युनियनमा निर्वाचित पदाधिकारी र सदस्यहरुले मंगलवार एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिएका छन् । क्याम्पसको शभाहलमा भएको सो कार्यक्रमका स्ववियु निर्वाचनमा विजयी पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो । निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा निजगढका पूर्व नगरप्रमुख सुरेशकुमार खनाल, क्याम्पसका स्ववियु सभापति बालकृष्ण हुमागाई, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष रामचन्द्र कटुवाल, नेपाली कांग्रेस निजगढ नगर सभापती नवराज तिमल्सिना, नेकपा (एमाले) निजगढ नगर सचिव तिलक घलान, नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढका संस्थापक सभापति रामहरी खरेल, नेकपा (एकीकृत समाजवादी) का निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुरले निर्वाचनमा विजयी पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए । त्यसैगरीक्याम्पसको पूर्वविद्यार्थी समाजका अध्यक्ष केदार खरेल, स्ववियु निर्वाचनमा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी तथा नेविसंघ क्याम्पस इकाई समितिका सभापती दावा लामा, अनेरास्ववियुका युनिक न्यौपाने, अखिल क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार उज्वल प्रसाईले पनि शुभकामना मन्तव्य गरेका थिए । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य रामकुमार शर्मा, मनोज रेग्मी, मानबहादुर श्रेष्ठ, प्रह्लाद तिमल्सिना, रविकुमार बर्तौला, प्रधानाध्यापक बद्रीनारायण झालगायतको उपस्थिति रहेको थियो ।निर्वाचन मण्डलका प्रमुख गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रध्यापक सागर दाहालले गर्नुभएको थियो । गत चैत ५ गते भएको स्ववियु निर्वाचनमा अध्यक्ष पदमा अनेरास्ववियुका बालकृष्ण हुमागाई विजयी हुनुभएको थियो भने सचिव, कोषाध्यक्ष र अन्य सदस्यमा नेविसंघका उम्मेदवारहरु विजयी बनेका थिए ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?