
बारा,नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाराको अध्यक्षमा गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रीनारायण झा जिल्ला अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । शिक्षक संगठनको १४औं जिल्ला अधिवेशनले झाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा जियालाल चौधरी, कालिका भण्डारी, सचिवमा विष्णु ढकाल र कोषाध्यक्षमा जयराम राउत चयन हुनुभएको छ ।
त्यसैगरी गरी सदस्यमा सत्यश्वर शिवशक्ति आवि निजगढ ७ का प्रधानाध्यापक उमेश स्वर्णकार चुनिुनुभएको छ । अधिवेशनमा संघगठनका पूर्व जिल्ला अध्यक्षहरुलाई सम्मानसमेत गरिएको थियो । अधिवेशनको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले गर्नुभएको थियो ।