
निजगढ,निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव युवराज आचार्यको सरुवा भएको छ । आचार्यको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो । मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत आचार्यको गत फागुन २१ गते निजगढ नगरपालिकामा सरुवा भएको थियो । आचार्यले निजगढ नगरपालिका कार्यालयमा हाजिर भएर यही चैत ३ गतेबाट कामकाज सम्हाल्नुभएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचार्य निजगढमा हाजिर भएको २ साता पनि पुरा नहुदै सूर्यविनायक नगरपालिकामा सरुवा गरेको हो । मन्त्रालयले आचार्यलाई सूर्यविनायकमा सरुवा गरेर निजगढ नगरपालिकामा भने हाललाई खाली राखेको छ ।
प्रतिक्रिया
« निजगढ वडा नम्बर २ सिंगौलमा क्षयरोग स्क्रिनिङ्ग शिविर तथा विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न