निजगढ,घरेलु हतियारसहित उद्योग परिसरमा पसेर होहल्ला गरेको अभियोगमा निजगढ प्रहरीले एकजनालई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ । प्रहरीले निजगढ ६ का अभिषेक शर्माले दिएको जाहेरीको आधारमा प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष २८ को सहदेव थापालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा कारबाही शुरु गरेको हो । अत्याधिक मदिरा सेवन गरी खुकुरी बोकेर निजगढ ७ स्थित कान्तिपुर पोल्ट्री फर्ममा होहल्ला गर्दै घुमिरहेको अवस्थामा प्रहरीले थापालाई राति ९.३० बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताउनुभयो । निरीक्षक कुशवाहाका अनुसार प्रहरीले थापाको साथबाट एक-एक थान खुकुरी र चक्कुसमेत बरामद गरेको छ ।
















