नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाको २८ औं साधारण सभा सम्पन्न

                     
  नेपाल लेख   २०८१ माघ ५, शनिबार २१:४९

निजगढ,नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाको २८ औं साधारण सभा आज शनिवार सम्पन्न भएको छ । निजगढ ९ स्थित रेडक्रस भवन स्मृति नगरमा भएको सो साधारण सभाले उपशाखा सभापती रुद्र धितालले संस्थाको गतिविधि बारेको पेस गरेको प्रतिवेदनसहित कोषाध्यक्ष सुभद्रा नेपालको लेखा प्रतिवेदन र सचिव मोहन डिसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन माथि सर्वसम्मतिले पारित गरेको छ । उपशाखा सभापती धितालको अध्यक्षतामा भएको सो साधारण सभामा नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखा उपमन्त्री कृष्णप्रसाद खरेलले उद्धाटन गर्नुभएको थियो । साधारण सभाको अवसरमा शाखामा आवद्ध नयाँ सदस्यहरुलाई सदस्यताको प्रमाण पत्रसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?