
बारा,मानव अधिकार एलाईन्स मधेश प्रदेशको अध्यक्ष अनिल तिवारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । बाराको सिमरामा आज शनिवार आयोजित मानव अधिकार एलाईन्सको दोस्रो अधिवेसनले तिवारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेसनले १७ सदस्य प्रदेश कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा तेजबहादुर खड्का, सचिवमा शिला झा, सहसचिवमा लक्ष्मि बराल, कोषाअध्यक्षमा गौरी न्यौपाने निर्वाचत हुनुभएको हो । उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम मधेस प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठले समाजिक कार्यलाई निरन्तरता दिन मानव अधिकार एलाईन्सका सदस्यहरुलाई निर्देशन दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका श्रेष्ठले पछिलो समय प्रचण्डले आफ्नो गल्ति लुकाउन एमालेलाई आरोप लगाउने राजनितिक चटक देखाउनुभएको आरोप लगाउनुभएको छ । संविधान जारी भएपछि बनेको १४ ओटा सरकार मध्ये ११ ओटा सरकारमा माओवादी रहेको बताउदै आफुले गरेको गल्तिलाई लुकाउन प्रचण्डले राजनितिक चटक देखाएको बताउनुभयो । मानव अधिकार एलाईन्स मधेश प्रदेशका अध्यक्ष देवराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रिय महासचिव बिदुर सुवेदी, नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोतम पौडेल, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम बारा जिल्ला ईन्चार्ज ज्वाला साह, नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वती चौधरी, नेकपा एमालेका प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, नेकपा एमालेका प्रदेश उपाध्यक्ष बिचारी यादब, नेकपा एमालेका प्रदेश सचिव एवम जनसंगठन समन्वय संयन्त्र प्रमुख मनोज पौडेललगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मानव अधिकार एलाईन्स प्रदेश सदस्य कुमार त्रिपाठीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।