निजगढ,पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर ९ मा पर्ने धन्सार पुलमा मोटसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय निजगढका अनुसार आईतबार दिउँसो १२ः३० बजेको समयमा वीरगञ्जबाट जनकपुरतर्फ जादै गरेको ना.६ ख १८१४ नम्बरको बसले चपुरबाट निजगढतर्फ आउदै गरेको ना.५५ प ४१३० नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि घाइते भएका मोटरसाईकल चालक रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ पचरुखी घर भइ हाल चन्द्रपुर नगरपालिका वडा नम्बर ८ सन्तपुर बस्ने भोला महतोको छोरा अन्दाजी वर्ष ४८ को बिनोदकुमार महतोको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको प्रहरी निरिक्षण सुमित कुशुवाहले जानकारी दिनुभयो । घाइते मोटरसाईकल चालक महतोलाई उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको र उपचारको क्रममा दिउँसो १४ः३० बजे मृत्यु भएको उहाँले बताउनुभयो । मोटरसाइकललाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी निरिक्षण कुशुवाहले बताउनुभयो ।