जिल्ला ट्राफिक कार्यालय निजगढव्दारा बाराका १० स्थानमा यात्रु सहयाता कक्ष स्थापना

                     
  नेपाल लेख   २०८१ आश्विन १८, शुक्रबार २१:५४

निजगढ,बारा जिल्ला ट्राफिक कार्यालय निजगढले दशैँ, तिहार र छठ पर्वको समयमा ट्राफिक व्यवस्थापन र लामो दुरीका यात्रुलाई सहयोग गर्न जिल्लाका १० स्थानमा यात्रु सहयाता कक्ष संचालनमा ल्याएको छ । कार्यालयले जिल्लाको निजगढ, कलैया, सिम्रौनगढ, कोल्हबी, लङ्गडा चोक, जितपुर, पिलुवा, सिमरा, अमलेखगंज र पर्सौनी गरी यात्रुहरुको बढी भिड हुने १० वटा स्थानमा सहायता कक्ष स्थापनको हो । जिल्ला ट्रफिक कार्यालय बाराकी निरीक्षक निरु दुवालले सिम्रौनगढ र लङ्गडा चोकमा शुक्रवार र अन्य स्थानमा बिहीवार नै सहायता कक्षको स्थापना गरेको बताउनुभयो । हयाता कक्षमा १ जना ट्राफिक र १ जना जनपद प्रहरीको टोलीले हरेक दिन बिहान ६ बजेदेखि राति १० बजेसम्म निगरानी गरेर ट्राफिक व्यवस्थापनसहित यात्रुलाई आवश्यक सेवा उपलब्ध गराउने उहाँले बताउनुभयो । सो कक्ष आगामी छठ पर्वसम्म संचालन गरिने पनि निरीक्षक दुवालले बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?