हिमचुली साना किसान सहकारी संस्थाको साधारण सभा सम्पन्न

                     
  नेपाल लेख   २०८१ आश्विन १८, शुक्रबार २०:५५

निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित हिमचुली साना किसान सहकारी संस्थाको १४ औं साधारण सभा शुक्रवार सम्पन्न भएको छ । निजगढ ८ स्थित निजगढ बैङ्गकुटमा भएको साधारण सभाले संस्थाकी अध्यक्ष दुर्गाकुमारी घिमिरे कोइरालाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र लेखा समितिको तर्फबाट संयोजक रामचन्द्र मण्डलले पेश गरेको लेखा प्रतिवेदनमाथि छलफल गरी पारित गएको छ । युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेलले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएपनि केही सहकारीले नियतवस बदमासी गरेको हुनाले विश्वासिलो संस्थामा मात्र कारोवार गर्नुपर्ने बताउनुभयो ।

उहाँले सहकारी संस्थाहरुले गरिव र विपन्न समुदायको पक्षमा देखिने गरी काम गर्नुपर्ने र यसको लागि सानातिना सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । अध्यक्ष घिमिरेको सभाध्यक्षतामा भएको सो साधारण सभामा बारा क्षेत्र १ का सांसद अच्युतप्रसाद मैनाली, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ खानेपानी तथा सररफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुर्दशन प्रसाद कोइराला, गौरीशंकर कलेज व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, लोकप्रिय सहकारीका अध्यक्ष अम्बिका चौलागाई, सगरमाथा सहकारीका भोला प्रसाद गौतम, बागदेव दुग्ध उत्पादक सहकारीका अध्यक्ष थानेश्वर सापकोटा लगायतले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए ।

संस्थाले बर्षको असल कारोवार सदस्य समुह नं.१४९ का मन कुमारी दाहाल, जेष्ठ सदस्य सम्मानबाट समुह नं. ५१ को हिरा कुमारी देवकोटा, असल बचत समुहबाट समुह नं. १६ का सदस्यहरु सामुदायिक बिद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने छात्र अवसर आचार्य, छात्रा सन्कृति अधिकारी लगायतलाई सम्मान गरिएको संस्थाका ब्यवस्थापक सुर्य प्रसाद तिमल्सिनाले बताउनुभयो ।

आ.व.२०८०\०८१ को लेखापरीक्षण अनुसार कुल सदस्य संख्या ११०८ मा संस्थाको कुल कारोवार ७ करोड ८ लाख मध्ये यस बर्ष करिब १६ लाख ९० हजार बराबर नाफा कमाउन सफल रहेको ब्यवस्थापक तिमल्सिनाले बताए ।

कार्यक्रमको सहजीकरण लेखा समितिका संयोजक रामचन्द्र मण्डलले गर्नुभएको थियो भने स्वागत मन्तव्य संचालक समितिका सदस्य अर्जुन अधिकारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?