बारा, रामराजा बहुमुखी क्याम्पस प्रमुख बाराका हरिभूषण कुश्वाहाको हत्या व्यक्तिगत रिसइबीका कारण गाउँकै एकजनाले हत्या गरेको प्रकरणमा नयाँ मोड लिएको छ ।
घटनास्थलबाट प्राप्त एक भिडिओ ‘क्लिप’ले कुश्वाहा हत्या प्रकरणको खुलासाले गरे पछी बारा प्रहरी अनुसन्धान नै साँघुरो बनाइदिएको छ ।
क्याम्पस प्रमुख कुश्वाहा माथी गोली प्रहार भएपछि घाइते कुश्वाहाले त्यस बेला बोलिरहेको कुराहरुको भिडिओ सर्वसाधारणले रेकर्ड गरेका थिए । सो भिडिओमा कुश्वाहाले आफूमाथि गोली प्रहार गरेको व्यक्तिका बारेमा बोलिरहेको देखिन्छ । जसले गर्दा २४ घण्टा नबित्दै प्रहरी अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको अनुसन्धानमा संलग्न बारा प्रहरीका एक अधिकारीहरुको भनाई छ ।
सर्वसाधारणले आफ्नो मोबाइलमा कैद गरेका ती भिडिओमा कुश्वाहाले भनेका छन गाउँकै सुरेन्द्र कुश्वाहाले गोली प्रहार गरेका हुन । उनको यो बयानले हत्याराको पहिचान भइसकेको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाई छ । अनुसन्धानमा संलग्न अधिकारीहरु मात्रै नभइ प्रमुख एसपी महेन्द्र खड्काले भिडिओ रेकर्ड भएकोबारे आफूलाई जानकारी पाइसकेकोे स्वीकारे ।
यता त्यो भिडिओमा गाउँका सुरेन्द्र कुश्वहाको नाम लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ । आरोपित कुश्वाहा भूपू आर्मीको जवान रहेको खुलेको छ । बाराका प्रहरी प्रमुख खड्काले पनि कुश्वाहा हत्या प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए ।