जनकपुरधाम ः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेको छ । बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेपछि विश्वास गुमाएसँगै सरकार ढलेको हो ।
विपक्षमा भने ५३ मत परेको थियो । सरकार रहिरहन ५४ मत आवश्यक थियो तर यादवले ४ मत कम पाए ।
बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए। मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दियो।
नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले विपक्षमा मत दिए ।